नारायण गोपाल गुरूवाचार्य " स्वर सम्राट "

   " सम्झिने मन छ_ म बिर्सूं कसरी, तिमि नै भनिदेऊ ए_जाने निष्ठुरी …." 



 स्वर सम्राट नारायण गोपाल


परिचय

नारायण गोपाल गुरूवाचार्य नेपाली सांगीतिक क्षेत्रका चम्किला तारा हुन् । नेपाली संगीतप्रेमीहरुको  माझ उनी स्वर सम्राट नारायण गोपालको नाममा परिचित छन् । उनले गाएका गीतहरु जिवन्त छन् र नविन पुस्ताहरुले समेत उनका गीतहरुलाई अपनाएका छन् ।

प्रारम्भिक जीवन

नारायाणगोपालको जन्म वि.सं. १९९६ असोज १८ मा भएको थियो । उनको जन्म बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागल भन्ने  ठाँउमा भएको थियो । वि.सं. २०२७ साल फाल्गुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार दाजु-भाइ र तिन दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे  भने  विभिन्न कारण  बस भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै उनले छाड्नु पर्यो।

सांगीतिक यात्रा

नारायणगोपालले पहिलो पटक त्रि-चन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित सांगीतिक छेत्रमा पहिले देखिनै स्थापित थिए । नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंगमा बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे।प्रेमध्वोज प्रधान र मनिकरत्नको  भनाइ अनुसार उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउँथे रे।

माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो । उनका काका सिद्धिरत्न एक स्थापित एवम् स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे। प्रेम धोज र माणिकले आफ्नै संगीतमा गाउन सुरु गरिसकेका थिए। त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो । उनकोआफ्नै संगीतमा छ ओटा गीत तयार भए, ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल – (बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे।


राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व -पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा आकासिँदै गयो। यससमय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो श्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमण भयो । बिसौ दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमेलालाई प्रेमीकाको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए।

केही मिठो बात गर, रात त्यसै ढल्किंदै छ

भरे फेरी एकान्तमा रुनु त छंदै छ……… 

बीस दशकमै उनले पेमालासँग विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो । यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसँग र हेटौँडामा गीतकार संगीतकार भीम विरागसँग मित्रता पर्गाढ शुरु भयो, यसको परिणामस्वोरूप ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए | भूपी शेरचनको "सानै हुरीमा बैँसको सपना", "अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा" र "भीम विरागको रचना" र संगीतमा "तिमीले पनि मजस्तै माया दिएर हेर" गाए। प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू गोपाल योञ्जनलाई जान्छ।


संघर्स

एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलताका लस्कर पनि थिए। उनी पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए। चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए। चलचित्र कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गाउन छोडिदिए। उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए। यसको दाग उनलाई जीवनभर लागिरह्यो। चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता भए। फुटबल खेलका पारखी थिए, चेसका बादशाह थिए। उनी भान्सामा छिर्ने बित्तिकै एक मिठाशपन आएको अनुभूति हुन्थियो |


एउटा मान्छेको मायाले कति, फरक पार्दछ जिन्दगीमा

एउटा साथीको साथले कति, फरक पार्दछ जिउनुमा

सफलता

नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित भए । ‘स्वर सम्राट’ को उपाधी पाएका उनी प्रत्येक पुस्ताका आदर्श गायक हुन् । उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा भएको भयो।



नारायण गोपाल " यो सम्झिने मन छ "

 *********************************************************************************


जन्मजात प्रतिभाको रुपमा आएका स्वरहरुमा पनि सफलताको लागि साधना जरुरि छ । यदि साधना बिना, प्रयास बिना सफलता मिल्थ्यो भने ‘स्वर सम्राट’ स्वर परिक्षामा अनुत्तीर्ण हुने थिएनन् । आफ्नो ईच्छाशक्ति र सपनालाई मूर्त रुप दिन आफ्नो कर्म प्रतिको साधना अनिवार्य छ  र, अर्को कुरा, कुनै एउटा परिक्षामा अनुत्तीर्ण हुनु भनेको जीवनभर अयोग्य ठहरिनु होईन ।

 *********************************************************************************

Post a Comment

0 Comments