तपाईंको सफलतालाई कसले रोखेको छ ? || Moral story in Nepali ||



 एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो -' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '

सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'

येतिकैमा,

एक एक गरेर हरेक कर्मचारीहरू कफिन तर्फ गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो । उनिहरुमा सुन्येता छायाे ।

कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।

ऐनासँगै रहेको एउटा कागजमा  लेखिएको थियो - ' येति तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '

त्यसकारन मित्रहरु---

***********************************************************************************

हाम्रो जीवन परिवर्तन  तब सम्म हुँदैन जबसम्म हामी आफुमा परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि अरु कोहि नभएर सृफ हामी जिम्मेवार छौँ । तसर्थ  अरुलाई औला ठड्याउनु  केवल एक  परिस्थिति हो जसलाई  स्वयम् हामीले निम्त्याएका हौ ।

एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।

***********************************************************************************

   --ओसो




Post a Comment

0 Comments