झमक कुमारी घिमिरे ( “जिवन काँडा की फूल” )

      “तपाइले देखाउने वाहना मात्र एक वाहना हो “


         झमक घिमिरे       

परिचय

अभावहरुको भिडमा क्षमतालाई बुझ्ने झमक घिमिरे प्रतिभावान नेपाली स्रष्टा हुन्। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्वकै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन्। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छिन् ।झमकको जन्म २०३७ असार २१ गते सुन्दर  ठाँउ  कचिडे, धनकुटामा भएको थियो ।

प्रारम्भिक यात्रा

 झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो। लुला हात ,गोडा र कमजोर शरीर लिएर जन्मेकी झमकलाई जन्मने वित्तिकै सबैजनाले  ‘मुर्कुट्टा’ समेत भने। दशैँमा टीका लगाइदिएर उनलाई ‘चाँडै मरेस्’ भन्ने  आशिर्वाद सम्म दिए। उनले कुनै पाठशाला र गुरुबाट सिक ग्रहण गर्न पाइनन्। सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भन्दा मौन बस्नु बाहेक अरु केही बिकल्प झमकले देखिनन । गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भूईंमा ‘कपुरी क’ लेख्दा भूईं भत्काई भनेर गाली समेत  गरे। गोडाले लेख्दा ‘ऋण लाग्छ’ भनेर गाली खाइन्। अरू बालकहरू पढेनन् भने कुटाई खान्थे, तर उनी पढी भनेर कुटाई खान्थिन्। कापीकलम माग्दा कुटाई खाइन्। उनको कहिलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस्’ भन्ने आदेशमा विलाउँथ्यो। जोखाना हेर्नेले सन्तान पिर्छे(भुट्छे) भने। मान्छेले उनलाई अलच्छिनी भनेर बाटो छले। पाँच वर्षको हुँदा भात खुवाइदिने बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन्। आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन्। भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्कीसकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीहरुले फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हान्ने र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपत विपत सँहदै उनी हुर्किन्।उनको संघर्षको कुनै नापतौल गर्न सकिँदैन ।

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर  सुनेर आफ्नो क्षमता विकास गरेकी हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। 

साहित्यिक यात्रा

उनाईस वर्षको उमेरमा वि.सं.२०५३ देखी झमक घिमिरिले साहित्य सिर्जना गर्न थालेकी हुन् । उनले आफ्नो मनमा लागेका कुराहरु लेखेर व्यक्त गर्न थालिन् । झमकको लेखनमा उनकी आमाले विशेष सहयोग गरिन् भने उनका शुभचिन्तकहरुले उनका लेखनहरु बाहिर ल्याउन सहयोग गरे । उनी समसामयिक विषयमा पत्रिकाहरुमा लेखहरू लेख्ने गर्थिन् र गर्छिन पनि । झमकका लेखहरू प्राय: छोटा, राम्रा र सान्दर्भिक हुन्छन्। “सङ्कल्प”, “सम्झना”, “बाछिटाहरु”, ”मान्छेभित्रको योद्धा”, “जिवन काँडा की फूल” जस्ता उनका ११ पुस्तक प्रकासित भैसकेका छन्। जस मध्ये आत्मपरक निबन्ध संग्रह “जिवन काँडा की फूल” मा उनले आफ्नो भोगाइ, आफ्नो बाल्यकालमा  पार गरेका कठिनाइहरू उल्लेख  गरेकी छिन्।


सफलता

झमक घिमिरेले राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्विकृत बिचार साहित्य पुरस्कार २०५६, लैनसिंह वाङ्देल पुरस्कार २०७२ जस्ता थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् । झमकले आफ्नो जीवनकथा समेटिको पुस्तक “जीवन काँडा की फूल” मार्फत मदन पुरस्कार २०६७ प्राप्त गरेकी थिईन्। साहित्यमा योगदान पुर्याय बापत झमकलाई नेपाल सरकारले हालसालै काठमाडौं मा ३ तले घर  दिएर सम्मान  गरेको थियो । पुरस्कार सम्मान भन्दा पनि उनले गरेको संघर्स र पाएको जुन सफलता छ त्यो सब सुनेर वा पढेर जो कोहि  ब्यक्तिको जिन्दगीमा कायापलट आउन सक्ने छ र उनको जिबनीले यो सब कायापलटका लागि सामर्थ राख्छ पनि ।


मानिस पूर्ण रुपले सन्तुष्ट हुँदैन । तपाईंले तपाईंको जिन्दगीमा केही अभाव देख्नुहुन्छ भने, म मेरो जिन्दगीमा केही अभाव देख्छु । तर त्यो अभावलाई स्वीकार नगरेर अथवा त्यसलाई नै बहाना बनाएर जीवन जिउन थालियो भने त्यहि अभावले नै हाम्रो अस्तित्व मेटाईदिन्छ । त्यो सिमिततालाई स्वीकार गरेर यदि आफूमा साहस भरियो भने ती सिमितताभन्दा धेरै माथि उठ्न सकिन्छ ।


***************************************************************************************************

जीवनमा केही गर्ने, अगाडी बढ्ने ईच्छा छ भने अर्थात कुनै पनि काम गर्ने र कुनै चिज प्राप्त गर्ने लालसा छ भने वहानाहरु आउंदैनन् । यस कारणले मैले जीवनमा केही गर्न सकिन भन्नु निरर्थक छ । यदि त्यो वहाना त्यागेर निरन्तर संघर्ष गरियो भने सफलता हाम्रै आगाडी छ, उदाहरणको लागि हामीले भर्खरै पढेको झमक कुमारी घिमिरेको संघर्ष र सफलताको कथालाई लिन सक्छौ  ।

**************************************************************************************************
 “जिवन काँडा की फूल”
--उपन्यास--

Post a Comment

0 Comments