जो बाइडन (" गरिब पृष्ठभूमी --सम्पूर्ण परिवारजनको मृत्यु-- साथै संयुक्त राष्ट्र अमेरिकाको राष्ट्रपति सम्मको यात्रा")

जो बाइडन

संयुक्त राष्ट्र अमेरिकाको राष्ट्रपतिको चुनावमा निर्वाचित भएलगत्तै जो बाइडन संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुने अमेरिकाको इतिहासमा सबैभन्दा वृद्ध उमेरका राष्ट्रपति बन्न पुगेका छन।

यसअघि वृद्ध उमेरको राष्ट्रपतिको रेकर्ड डोनाल्ड ट्रम्पले बनाएका थिए । तर, बाइडनले ट्रम्पको राजनीतिक महत्वाकांक्षालाई मात्रै पराजित गरेनन्, उमेर हदको रेकर्ड पनि तोडिदिए ।


उनले २००८ देखि २०१६ सालको अन्तरालमा संयुक्त राष्ट्र अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा अमेरिकामा उपराष्ट्रपतिको रूपमा पनि काम गरेका थिए।



गरिब पृष्ठभूमीमा हुर्किएका जो बाइडन, आफ्नो जिबनको हरेक सफलतामा हौसला दिने, सम्पूर्ण परिवारजनहरुको मृत्यु आफ्नै आँखा अगाडि भए पश्चात पनि उनी कसरी संयुक्त राष्ट्र अमेरिकाका निबर्तमान राष्ट्रपति बन्न पुगे।


आखिर को हुन् त जो बाइडन ?

जो बाइडनले संक्षेपमा भन्नुपर्दा राजनीतिमा फर्किनु भन्दा पहिले एक वकिलको रूपमा लामो समयसम्म काम गरे।  उनी इतिहासमा पाँचौं कान्छो U.S. सिनेटरका साथै डेलावेयर राज्यको सबैभन्दा लामो समय-सम्म सेवा प्रदान गर्ने सिनेटर समेत हुन। 


तपाईहरुलाई सिनेटर भनेको के हो भनेर लाग्न सक्छ, जस्तो कि सिनेटका सदस्यहरुलाई सिनेटर भनिन्छ। अमेरिकामा

सिनेट व्यवस्थापिका कै एउटा प्रमुख अङ्ग मानिन्छ ।साथीहरुलाई व्यवस्थापिका भन्नाले के बुझिन्छ भन्ने कुरा थाहा नभएको खण्डमा । व्यवस्थापिका चाहिँ सरकारको प्रमुख अङ्ग मध्य  एक हो, जसले देश, राज्य वा अन्य क्षेत्रका लागि कानून पारित गर्दछ वा भनौं  परिवर्तन गर्दछ।   संयुक्त राज्यमा, सेनेटरहरु राज्य वा संघीय सिनेटमा प्रतिनिधित्व गर्न मतदाताहरुद्वारा चुनिएका हुन्छन्।


अमेरिकाको प्रत्येक राज्यले दुई जना सिनेटरहरू छान्छन्। जसले वाशिंगटन डि.सी.मा एक कर्याकालमा ६ वर्षको अवधिसम्म सेवा दिन्छन्। 


जो बाइडनको कुरा गर्दा सन १९८७  ,२००८ सालमा अमेरिकाको राष्ट्रपतिको लागि भएको चुनावमा उनले राष्ट्रपतिको लागि नामावली दिएतापनि उनको अभियानले कहिले पनि गति प्राप्त गर्न सकेन, तर डेमोक्र्याटिक उम्मेदवार बराक ओबामाले राष्ट्रपतिमा निर्वाचित भए लगतै उनलाई,  कार्य सह संचालकको रूपमा चयन गरे र बाइडनले संयुक्त राज्य अमेरिकाका ४७ औं उप राष्ट्रपतिको रूपमा दुई कार्यकाल बिताए।  २०१७ मा, उनको प्रशासनको अन्त्यमा, ओबामाले बिडेनलाई राष्ट्रपति पदको स्वतन्त्रता प्रदान गरे।  दुई वर्ष पछि बाइडनले अमेरिकी राष्ट्रपतिको लागि आफ्नो अभियान शुरू गरे र संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको रूपमा चुनिए।


प्रारम्भिक वर्षहरूमा  चाहिँ

देशको सब भन्दा उच्च राजनीतिक कार्यालयमा पुग्नु भन्दा धेरै अघि, बाइडन - नोभेम्बर २०,सन १९४२ मा जन्मेका हुन। उनी उत्तर-पेन्सिलभेनियाको blue-कलर शहर,  स्क्रान्टनमा हुर्केका थिए। उनको पूरा नाम जोसेप रोबिनेट बाइडन जुनियर हो । उनका बुबा, जोसेफ  बाइडन विभिन्न  furnances अर्थात्  भट्टीहरु सफा गर्ने र second  hand कार बिक्री गर्ने काम गर्थे।


बाइडनले आफ्ना बाबुआमालाई कडा मेहनत र लगनशीलताका निम्ति सधै  श्रेय दिने गरेको पाइन्छ।  उनले आफ्नो बुबाले उनी सानो छँदा बारम्बार भनेको यो शब्द याद अक्सर गर्ने गर्छन् , ""Champ, the measure of a man is not how often he is knocked down, but how quickly he gets up." अर्थात्  छोरा! कुनै पनि मानिसको सफलताको मापन उ कतिपटक लड्छ भन्ने कुरामा नभएर लडेपछि उ कति छिटो र कतिपटक उठ्छ भन्ने कुराले गर्ने गरिन्छ।

उनले यो पनि भन्ने गर्छन्  सानोमा जब उनले छिमेकमा आफूभन्दा ठूला केटाहरुको कुटाइ खाने गर्थे। र निकै निराश भएर रुदै घर फर्किन्थे। त्यो समयमा उनकी आमाले उनलाई भन्नुहुन्थ्यो कि , गएर उनीहरूको नाकबाट रगत निकाली देउ ताकि भोलिपल्ट तिमी सडकमा आफूमा गौरव गरेर बिना कुनै डर निर्धक्कका साथ हिंड्न सक्छौं ।"


बाइडनले स्क्रान्टनको  सेन्ट पल एलेमेन्टरी स्कूलमा  पढेका थिए।  १९५५मा, जब उनि १३ वर्षको थिए , उनको परिवारको मेफिल्ड, डेलावेयरमा बसाई-सराई भयो। यो ठाउँमा पहिले भन्दा अलि बढी विकसित थियो। द्रुत गतिले विकास भइरहेको मध्यम वर्गीय समुदायका मानिसहरु

मुख्य रूपमा डुपुन्ट रसायनिक कम्पनीमा आफ्नो दैनिक जीविकाका लागि निर्भर थिए।


सुरुमा भक्भकाउँदै बोल्ने बाइडन राम्रोसँग आफ्नो कुरा राख्न सक्दैनथे । सानो छँदा, धेरै जना मानिसहरूको अगाडि बोल्न निकै डराउने बाइडन अन्ततः उनले कविताको लामो अंशलाई कण्ठ गरेर र आफ्नो घरमा रहेको ऐनाको अगाडि ठूलो स्वरमा आफ्नो एनालाई कविता सुनाएर आफ्नो बोलीको बाधामाथि विजय प्राप्त गरे।


बाइडनले सेन्ट हेलेना स्कूलमा अध्ययन गरे जबसम्म उनले प्रतिष्ठित आर्कमेयर एकेडेमीमा स्वीकृति प्राप्त गरेनन्।  यद्यपि उनले स्कूलको झ्यालहरू धोएर र  विवाह समारोहको बगैंचा सफा गरेर आफैंले आफ्नो tuition  खर्च  निकाल्थे। बाइडनले लामो समयदेखि विद्यालयमा पढ्ने सपना देखेका थिए जसलाई उनले "मेरो गहन चाहनाको वस्तु, मेरो  सपना" भनेर भन्ने गर्छन्।

आर्कमेयरमा, बाइडन एक कडा विद्यार्थी थिए र आफ्नो सानो  शारीरिक आकारको बाबजुद पनि, फुटबल टोलीमा स्ट्यान्डआउट रिसिभर थियो।  उनको उमेर समूहको अन्य बच्चाहरु भन्दा उनी शारीरिक रुपमा केही सानो भएता पनि उनी निकै फुर्तिला स्वभावका थिए। उनको फूटबल  coach को भनाइअनुसार उनी उमेरसमूहमा सर्वश्रेष्ठ फुटबल खेलाडी थिए । 

बाइडनले १९६१ मा आर्कमेयरबाट स्नातक पुरा गरे।



जो बाइडनले नजिकैको डेलावेयर विश्वविद्यालयमा  इतिहास र political science मा अध्ययन गरे र निरन्तर रुपमा फुटबल खेललाई पनि अगाडि लिए।  उनले यो कुरा स्वीकार्ने गर्छन् कि, उनले कलेजको पहिलो दुई वर्ष पढाईमा भन्दा पनि फुटबल, केटीहरू र पार्टीहरूमा बढी चासो लिए।उनले निकै नै मोजमस्तीमा दुईवर्ष बिताए। उनले यी बर्षहरूमा राजनीतिमा पनि तीव्र चासो देखाए । उनी राजनीतिज्ञ जोन एफ क्यानेडीको प्रेरणादायक जीवन शैलीबाट  विश्वविद्यालयमा निकै नै प्रभावित थिए ।


आफ्नो विश्वविद्यालयबाट  summer holiday को यात्रामा, बाइडनले नीलिया हन्टर नाम गरेको साइराकुज, विश्वविद्यालयको विद्यार्थीलाई भेटे र पहिलो नजरमा नै उनलाई  नीलिया हन्टर निकै नै मन पर्यो ।"  उनको नयाँ प्रेमबाट प्रोत्साहित भई उनले आफूलाई अझ बढी अध्ययनमा लगाव  देखाए र १९६५ मा डेलावेयरबाट स्नातक भएपछि उनको girl friend को साइराकुज युनिवर्सिटीले कानुन विषयमा अध्ययनका लागि उनलाई स्वीकार गर्यो। लगतै बाइडन र हन्टरले अर्को वर्ष १९६६ मा विवाह गरे।


बिस्तारै बिस्तारै राजनीतिक जीवनमा सफलता प्राप्त गर्दै गर्दा  बाइडनले पारिवारिक जीवनमा भने निकै नै कहालीलाग्दो दिनेहरूको  सामना गर्नुपर्यो ।


सन् १९७२ मा उनी पहिलोपटक अमेरिकाको सिनेटको चुनाव जितेर शपथ लिने तयारी गरिरहँदा पत्नी र एक छोरीको कार दुर्घटनामा मृत्यु भयो । उनका दुई छोरा ब्यू र हन्टर पनि घाइते भए। उनले वाशिंगटनमा नयाँ सिनेटकर्ताहरूको शपथ ग्रहण  छोराको अस्पतालको कोठाबाट गरेका थिए।  आफ्ना छोराहरूसँग सकेसम्म धेरै समय बिताउन बाइडनले विलमिंग्टनमा बस्ने निर्णय गरे र हरेक दिन वाशिंगटनबाट ट्रेनमा यात्रा गर्थे । 


आफ्नो परिवारको लागि यति गर्दा गर्दै पनि सन् २०१५ मा ४६ वर्षको उमेरमा दुर्घटनामा बचेका ब्यूको पनि ब्रेन ट्युमरका कारण मृत्यु भयो ।


परिवारमा अब आएर एकजना छोरा मात्र बाकी रहदा बाइडनका अर्का छोरा हन्टरको कथाले  बाइडनलाई उनको जिबनमा अझ बढी चोट दिन्छ । उनको छोरा हन्टरले वकिलको अभ्यास गरेका थिए र यसको काम पनि शुरु गरेका थिए । त्यसपछि उनको जिन्दगी कसैले सम्हाल्न नसक्ने अवस्थामा पुग्यो ।


हन्टरकी पहिली पत्नीले हन्टरलाई मदिरा र लागू औषध प्रयोग गरेको लगायतका कारण देखाउँदै सम्बन्धविच्छेद गरिन् । कोकिन सेवन गरेको पाइएपछि हन्टरलाई अमेरिकाको नौसेनाको रोजगारीबाट पनि हटाइयो ।


छोरा हन्टरका कारण बाइडनको राजनीतिमा ठुलो धक्का लाग्यो । हन्टरको अस्वभाविक आम्दानीको विषयमा पनि प्रश्न उठेको छ । हन्टरसंगै  उल्लेख्य तलब लिनेमध्येको एक रोजगारी युक्रेनमा पनि थियो । यसै विषयलाई लिएर युक्रेनलाई ट्रम्पले भ्रष्टाचारको मामिलामा अनुसन्धानका लागि दबाव दिएका थिए।


प्रथम पत्नीको निधनपछि बाइडेनले जिल बाइडेनसँग दोस्रो विवाह गरे ।



राजनितिक जीवनको कुरा गर्दा

सन् १९६८ मा बाइडेनले कानुनमा स्नातक गरे । त्यसपछि उनले कानूनी अभ्यास गर्न थाले । साथै उनले डेमोक्रेटिक पार्टीको सक्रिय सदस्यता पनि लिए । सन् १९७० मा उनी न्यु कास्टलको कन्ट्री काउन्सिलमा निर्वाचित भए ।


आफूलाई वाशिंगटनको सबैभन्दा अब्बल प्रजातान्त्रिक सांसदको रूपमा स्थापित गरेपछि,  बाइडनले अमेरिकी राष्ट्रपति पदका लागि चुनाव गर्ने निर्णय गरे। 

बाइडनले ३३ वर्षअघि नै सन् १९८७ मा राष्ट्रपतिका लागि पहिलोपटक प्रयास गरेका थिए । तर, त्यसको ३३ वर्षपछि उनी विश्वको सबैभन्दा शक्तिशाली मुलुकको राष्ट्रपति बन्न पुगेका छन् ।




बाइडन अमेरिकाको राष्ट्रपति बन्नका लागि गरेको तेस्रो प्रयासमा बल्ल सफल भएका हुन् । उनले तीन दशकभन्दा लामो समय अमेरिकाको माथिल्लो संसद् सिनेटमा बिताएका छन् ।

उपराष्ट्रपति बनेर शासनको अनुभव गरिसकेका बाइडनको विदेश मामिलामा पनि लामो समयको अनुभव छ । उनले ४५ वर्षमा विश्वका सबैजसो प्रमुख नेतासँग भेट गरिसकेको दाबी गर्ने गरेका छन् ।


बाइडेन सन् १९९१ मा भएको खाडीयुद्धको विपक्षमा उभिएका थिए भने सन् २००३ मा इराकमा आक्रमण गर्ने पक्षमा मतदान गरेका थिए । यद्यपि आक्रमणपछि इराकलाई पुगेको नोक्सानबारे भने उनले अमेरिकाको कडा आलोचना गरेका थिए ।


ओसामा बिन लादेन मार्ने बेलामा बाइडनले सो आक्रमण नगर्न सल्लाह दिएका थिए ।  गत जनवरीमा एक ड्रोन आक्रमणमा इरानका जनरल कासिम सुनेमानीको हत्याको आदेशमा भने बाइडनले खुलेर समर्थन गरेका थिए ।


अधिकांश विदेश मामिलामा बाइडनले मध्यमार्गी बाटो रोज्दै आएका छन् । उनको पार्टी डेमोक्रेटिक अमेरिकामा उदारवादी पार्टी मानिन्छ । यसर्थ बाइडेनले लिने नीति पनि नरम प्रकारको हुने कतिपयको विश्लेषण छ।



लामो समय राजनीतिमा बिताएका बाइडनमाथि विभिन्न किसिमको आरोप पनि लाग्ने गरेका छन् । यस्ता आरोपहरु अघिल्लो चुनावमा डोनाल्ड ट्रम्पमाथि पनि प्रशस्तै लागेका थिए ।


गत वर्ष ८ महिलाले आफूहरुलाई बाइडनले आपत्तिजनक तरिकाले छोएको, अंकमाल गरेको वा चुम्बन गरेको आरोप लगाएका थिए । त्यसपछि सञ्चार माध्यममा उनका विभिन्न किसिमका तस्वीर सार्वजनिक भएका थिए । जसमा उनले महिलाको कपाल सुँघ्दै गरेको पनि देखिएको थियो । यो आरोपको जवाफमा बाइडनले महिलालाई अभिवादन गर्ने क्रममा अब थप सावधान हुने बताएका थिए ।



त्यस्तै, बेलाबेलामा उनले गलत दाबी गर्ने र विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै बाइडनको आलोचना हुने गरेको छ । 


साथिहरु सत्तामा पुग्ने क्रममा  यी  सब आरोपहरु आउनु कुनै नौलो कुरा भने पक्कै हैन । जेहोस् जे जसो भए पनि

जो बाइडनको निकै नै प्रेरणादायी जीवन कथाले हाम्रो जीवनमा आगामी दिनहरुमा विभिन्न निराशाहरुलाई पन्छाउदै सफलताको बाटो तर्फ कसरी अग्रसर हुने भन्ने कुरा भने पक्कै सिकाउछ।


Post a Comment

0 Comments