लिओनार्दो दा भिन्ची (" मोनालिसा ")

 “रुची बिनाको काम र पढाईले स्मरणशक्तिलाई  अन्धो  बनाउछ।”

लिओनार्दो दा भिन्ची


परिचय

लिओनार्दो दा भिन्ची बहुमुखी प्रतिभावान व्यक्ति हुन् । उनी चित्रकार, गणितिज्ञ, संगीतकार, इन्जिनियर, लेखक, आविष्कारकको रुपमा चिनिन्छन् । भिन्सिमा सन् १४५२, अप्रिल १५ मा उनको जन्म भएको थियो । उनले कोरेको चित्र “मोनालिसा” अहिले पनि उत्तिकै प्रिय छ ।


प्रारम्भिक यात्रा

लिओनार्दो दा भिन्चीको प्रारम्भिक जीवन रहस्यमय नै मानिन्छ। उनको प्रारम्भिक जीवनको धेरै जानकारी बाहिर आउन सकेको छैन। उनी पांच वर्ष ह्याम्लेटमा बसेको र त्यसपछि काकासंग भिन्सीमा बसेको मानिन्छ। उनले प्रारम्भिक शिक्षा ल्याटिन, गणित र ज्यामितिमा लिएका थिए । उनले पहाडहरुमा देख्ने गुफा, ओढार र त्यहाँका आकृतिले उनमा चित्रकलाको सोख उब्जिएको मानिन्छ । १४ वर्षको उमेरमा उनले गुरुबाट चित्रकला सिक्ने अवसर पाएका थिए । सबै क्षेत्रमा उत्तिकै दक्ष भिन्चिले चित्रकलालाई आफ्नो मूख्य कार्य बनाउने निर्णय गरेका थिए 


चित्रकला

१४ वर्षको उमेरमा गुरुसंग चित्रकला सिक्ने क्रममा उनले बनाएको चित्र “द बापटीजम् अफ क्राइस्ट” चित्रले उनका गुरु भेर्रिचिओ यति अचम्भित र प्रभावित कि उनले आफूले त्यो दिन देखि चित्र नबनाउने निर्णय गरे। किनकि उनलाई लाग्यो, उनले कोर्ने चित्रहरु भन्दा भिन्चिले बनाएको चित्र हजारौं गुणा राम्रो थियो।

The Baptism of Christ


१४७२ मा भिन्ची डाक्टर र कलाकारहरुको कार्यशालाको लागि छानिएका थिए तर उनी आफ्ना गुरुसंग यति नजिक थिए की आफ्ना बाबुले मिलाइदिएको त्यो कार्यशालामा भाग नलिएर गुरुको सामिप्यतामै रहेर चित्रहरु कोरिरहे। १४७३ मा गुरु चेलाको सहकार्यमा बनेको “अर्नो भ्याली” चित्र उनको सबैभन्दा पूरानो चित्रमा गनिन्छ । सन् १४७८ देखि १४८० सम्म उनले बनाएको ओइल पेन्टिंग “म्यड़ोंना अफ द कार्नेसन” लाई उनका गुरुले बनाएको अनुमान गरेतापनि पछि गएर उनले नै बनाएको पुष्टि गरिएको थियो ।


लिओनार्दो दा भिन्ची महिलाहरुप्रति आकर्षित थिएनन् । उनी पुरुषहरु प्रति आकर्षित थिए जसको प्रभाव उनले कोरेका दुई चित्रहरु “जोहन द बप्टिस्ट” र “बच्चुस” मा रहेको मानिन्छ ।


सफलता

लिओनार्दो दा भिन्ची ओइल पेन्टिंगको विकास गर्ने चित्रकारहरू मध्यमा गनिन्छन् । उनले बनाएको “द म्याडोना अफ द रक्स” र “द भर्जिन अफ द रक्स” लाई उनका महत्वपूर्ण चित्रहरु मध्येमा लिईन्छ । जसको डार्क भर्सनलाई लन्डनको राष्ट्रिय ग्यालरीमा राखियो।


सन् १५०० मा भिन्चिलाई सैनिक चित्रकार तथा ईन्जिनियरमा नियुक्त गरियो । जसको मूख्य उद्देश्य भेनिसलाई नवल आक्रमणबाट बचाउन योजना बनाउने रहेको थियो । नक्साहरुको विकास नभएको त्यो समयमा उनले विभिन्न ठाउँहरुको नक्शाहरु कोरेका थिए । सन् १५०३ मा उनले दुई वर्ष लगाएर “द ब्याटल अफ अघ्यैरी” बनाएका थिए भने त्यहि समयमा सुरु गरेर सन् १५०६ मा विश्वविख्यात चित्र “मोनालिसा” तयार गरेका थिए । मोनालिसा चित्र उनले आफ्नो अन्तिम दिनसम्म पनि आफू संगै राखेका थिए । कुनै पनि कार्य गर्दा होस्, भ्रमण गर्दा होस् या अरु कुनै पनि समयमा मोनालिसा चित्र उनीसंगै हुन्थ्यो । मोनालिसा चित्रलाई अहिले संग्राहलमा राखिएको छ र यसलाई राष्ट्रिय सम्पत्ति मानिएको छ ।


भिन्चिले १३,००० पानको डायरी कोरेका थिए जसमा दर्शन, जीवन र भ्रमण सम्बन्धि लेख तथा चित्रहरु थिए । त्यस डायरीमा भिन्चीको सम्पूर्ण जीवन लुकेको छ । त्यसैले यो डायरीलाई बेलायती पुस्तकालयमा राखिएको छ । उनको जीवनमा आधारित थुप्रै चलचित्रहरु पनि बनेका छन् । सन् १५१९ मा ६७ वर्षको उमेरमा संसारबाट बिदा लिएका उनको सम्झनामा स्थापना गरिएको “लिओनार्दो दा भिन्ची अवार्डले” कलाकारिता, लेखनमा लागेका युवाहरुलाई पुरस्कृत गरिन्छ ।

*****************************************

मानिसले लगनशील भएर त्यसमै काम गर्छ जसमा उसको आफ्नो रुचि र कामप्रति माया हुन्छ । जीवनमा सफल हुनको लागि आफूले गर्ने कामलाई माया गर्नुहोस् ।


“सिक्ने प्रक्रियाले दिमाग कहिल्यै थकाउँदैन “


जब तपाईंले आफ्नो रुची अनुसारको काम गर्नुहुन्छ तपाईंमा सिकाईको चाहना पनि बढ्दै जान्छ। त्यो सिकाइले न त तपाईंको दिमाग थाक्छ न त तपाईंको उत्साहमा नै कमि आउँछ । तपाईंले आफैले आफैसंग प्रतिष्पर्धी बनेर काम गर्न थाल्नुहुन्छ जसले गर्दा तपाईंमा निखारता बढ्दै जान्छ र सफलता प्राप्त हुन्छ । भिन्ची यदि चित्रकलामा नलागेर अरु कुनै कार्यमा लागेको भए सायद मोनालिसालाई जति त्यो कार्यलाई माया गर्ने थिएनन् र मोनालिसाका आँखामा हामीले भिन्चीलाई खोजिरहेका हुने थिएनौं।

*****************************************

Post a Comment

0 Comments