आमाको ऋण तिर्न खोज्ने छोरा ।। Moral Story in Nepali ||





कुनै समयकाे छोराे पढी लेखी ठुलो मान्छे बन्यो । पिताको स्वर्गवासपछि आमाले सकिनसकी काम गरेर छोरालाई यो लायक बनाएकी थिईन् । तर छोरालाई बिस्तारै लाग्न थाल्यो, आमाले पढेकी छैनन् , हाम्रो लेभल नै मिल्दैन । एकदिन उसले मुख फोरेर भन्योः आमा तपाईले मलाई यहाँसम्म ल्याउन कति खर्च गनुभो, ब्याज समेत लेखेर दिनुस्, म तिर्छु अनि हामी सुखले अलग अलग बसौँला । आमाले सोचेर भनिनः हिसाब लामो छ बाबु , मलाई केहि समय सोच्न देऊ । 


हुन्छ हतार छैन केहि दिनमा भन्नुहोला भनेर छोरा बाटो लाग्यो । रात पर्यो , आमा एउटा लोटामा पानी भरेर छोराको कोठामा पुगिन् । छोरा निदाएको थियो । उनले ओछ्यानको एक भागमा पानी हालिन् । छोरोले कोल्टै फेर्दै गयो , आमाले ओछ्यानमा ठाउँ ठाउँमा पानी हाल्दै गईन् । 

दिक्क भएर छोरा उठ्यो र ठुलो स्वरमा भन्योः के हो आमा तरिका?

 किन मेरो ओछ्यानभरि पानी हाल्नुभाको ? 

आमाले भनिनः छोरा तिमीले मलाई पुरै जिन्दगीको हिसाब बताउनु भनेको हैन ? म हिसाब गर्दै थिए कि सानोमा तिमीले कतिपटक मेरो ओछ्यान हिलो पारिदियौ र म रातभर जागा भएकी थिए.... यो त पहिलो रात हो छोरा, यतिमै तिमी तर्सियौ ? मैले भर्खरै हिसाब शुरु गरेकी छु , हिसाब गर्दै गए भने तिमीले कहिले तिर्न सक्दैनौ छोरा !

आमाको यो कुरा सुनेर छोराको मनमा ठुलो धक्का पुग्यो र ऊ रातभर निदाउन सकेन । अन्नतः उसले थाहा पायोः आमाले जुन गुन लगाउनु भएकाे हुन्छ त्यो कहिले तिर्न सकिन्न , आमाको माया, शीतल छाया, आमाले उठाएको दुःखः त्यो अमुल्य हुन्छ अनि सदा अमर रहन्छ ।

तसर्थ: 

***********************************************************************************

Love is happy when it is able to give something. but the ego is happy when it is able to take something.

अर्थात् 

प्रेम खुशि तब हुन्छ जब उ कसैलाई  केही दिन पाउछ । अहंकार तब खुशि हुन्छ जब उ कसैबाट  केही लिन पाउछ। 

***********************************************************************************



Post a Comment

0 Comments