भगवानले तपाईंलाइ मात्र किन छुटाउनु हुन्छ ? ।। Moral Story in Nepali ||





मित्रहरु जब दुःख-पीडाले हामीलाई सताउन थाल्दछ, हामी सबै स्वयम्लाई प्रश्न गर्न थाल्दछौं,

" आखिर मलाई मात्र किन?" यसै सन्दर्भमा विम्बल्डन टेनिस खेलका एकजना महान हस्ती आर्थर आशेसँग सम्बन्धित एउटा प्रशंग रहेको छ ।

कुनै समयमा

 लन टेनिस खेलाडी  आर्थर आशे क्यान्सर रोगसँग जिवन-मृत्युको संघर्ष गरिरहेका थिए । संसारभरिका

उनका साथिभाई, शुभ-चिन्तकहरूबाट उनको स्वास्थ्य लाभको प्रार्थना गर्दै चिठ्ठीपत्रहरू आईरहेका थिए। यि चिठ्ठीहरू मध्येमा एउटामा यसरी लेखिएको थियो,

 “भगवानले किन तपाईलाई मात्र

यस्तो भयंकर रोगका लागि रोजेका होलान्?"

------------------

यस मार्मिक प्रश्नको जवाफ आर्थर आशेले निम्न शब्दहरूमार्फत पठाएका थिए,

-------------------

“ संसारभरिमा करिब ५ अर्ब केटाकेटीहरूले टेनिस खेल खेल्न सुरु गर्छन्, जसमध्ये करीब ५०

लाखले सिक्छन्. ५ लाख मानिसले व्यावसायिक टेनिस खेल्छन्, ५० हजार जनाले प्रतियोगिताहरूमा खेल्छन्, ५ हजार ग्राण्ड-स्लामका लागि छनौट हुन सफल हुन्छन्, ५० जना विम्बल्डनसम्म पुग्छन्, ४ जना सेमि-फाईनलमा र २ जना मात्र फाईनलका लागि छानिन्छन्।

जबकी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी भएर प्रतियोगिताको उपाधि जित्दा मैले कहिल्यै पनि

भगवानसँग याे प्रश्न गरेको छैन,“ याे सब आखिर मलाई मात्र किन? "


आज क्यान्सर रोगले थलिदाको यस क्षणमा पनि भगवानसँग म यो प्रश्न कदापि गर्नेछैन," याे सब आखिर मलाई मात्र किन? "

तसर्थ:

***********************************************************************************************************

Don’t ever choose. Accept life as it is in its totality.

कुनै चुनाव नगर्नुहाेस । जीवनलाई यसरी अपनाउनुहोस  जस्तो उ समग्र मा छ ।

***********************************************************************************************************

    -ओशो

 


Post a Comment

0 Comments