भगवान सामु पुर्याउन यसरी चढाइन्छ || Moral Story in Nepal ||



धेरै समय पहिलेको कुरा हो, भारतको दक्षिण प्रान्तमा एक जना निकै नै बुढी महिला थिइन् जुनै पनि कुरा उनीसँग हुन्थ्यो सबै कुरा उनीले भगवानलाई चढाई दिन्थिन् | यहाँसम्म कि हरेक बिहान घरमा भएका सम्पूर्ण फोहरहरु पनि भगवानको शरणमा लिएर चढाई दिन्थिन्। उनी भगवानको अगाडी यो कुरा भन्थिन कि तेरो तलाइनै समर्पन।

 धेरै समय यसरी नै चल्दै थियो अनि केही समय पछि मन्दिर आएका अरु मानिसहरुले भन्न थाले यो त अति नै भयो। यतिकैमा एकजना भक्तले भन्यो मैले आफ्नो जिबनमा धेरै महान महान सन्तहरु देखेको छु यिनीहरुले त कहिल्यै त्यस्तो गरेनन् आखिर यो सब के का लागि। ती बूढी महिलाले भगवान तर्फ इशारा गर्दै भनिन् गएर उसलाई नै सोध जब मैले भगवानलाइ सबै कुरा दिएको छु भने यो मात्र किन नदीनु। त्यो भक्त त्यहाँ बाट जान्छ।

 त्यो रात  भक्तले एउटा सपना देख्छ सपनामा उ स्वर्गमा हुन्छ। स्वर्गको सिंहासनमा भगवान विराजमान हुनु हुन्छ। चराचुरुङ्गीहरु चि चि चि चि गर्दै उडिरहेका छन्। यतिकैम भगवानको टाउकोमा फोहरको थुप्रो साथै कुहिएको अण्डा पनि बजृन्छ। त्यो देखेर भक्तले भन्छ प्रभु मैले देखेको छु त्यो महिला ती बुढी महिला हरेक दिन बिहान मन्दिर आएर फुल चढाउछिन र आफुसँग भएको  फोहर पनि। यो भनेर भक्त करिब-करिब स्वर्गमा आएको एक घण्टा भइसक्छ उसले मन्दिरमा देखेको छ। धेरै मानिसले राम्रा राम्रा सुन्दर सुन्दर फूलहरु चढाउँछन् लद्दु मिठाई हरु समेत चढाउँछन् तर यी सबै कुराहरु त यहाँ आएका छैनन् यो कुरा पनि भगवानलाई भक्तले भन्छ। यो सब सुनेर भगवान ले भन्छन् Half devotion doesn't reach to me जसले आधा चढाउँछ उसको म कहाँ आइपुग्दैन। यी महिलाले आफ्नो जिबनमा सम्पूर्ण कुरा मलाई चढाईन- त्यसकारण यिनको सबै मकहाँ आउँछ।


**********************************************************************************

 यो कथा त मात्र  काल्पनिक हो त्यसमा पनि हामी मध्ये कति जना त नास्तिक पनि छौ अर्थात भगवानलाई मान्दैनौ त्यसकारण यो कथाको हामी जस्तालाई के काम भन्ने प्रश्न आउन सक्छ हामीलाई यो कथाबाट सिक्न लायक कुरा यो छ कि भगवान अर्थात् प्रमेश्वोर कोही नभएर हाम्रो जीवनको सफलताको प्रतिक हुनु हुन्छ। मतलब कि  यदि तपाई पढाई लेखाई, परिवार, काम, प्रेम सम्बन्ध कुनै पनि कुरामा सफल हुन चाहानुहुन्छ भने तपाईले यो कुरालाई सुइकार गर्नु पर्छ कि complete devotion नै तपाईंको सफलताको एक मात्र मन्त्र हो। 

***********************************************************************************




Post a Comment

0 Comments