अब्राहम लिंकन(" अमेरिकाका सोह्रौं राष्ट्रपति ")

 

"आफ्नो भविष्यबारे थाहा पाउने सबैभन्दा उत्तम उपाय भनेको भविष्य निर्माणमा लाग्नु हो।"

अब्राहम लिंकन


परिचय

अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकन १२ फेब्रुवरी,१८०९ मा अमेरिकाको हड्गेंभिल्ले केन्टकीमा जन्मिएका थिए । राजनीति देखी टाढा रहेको एक गरिब परिवारको छोरो उनि लगातार दुई पटक देशको प्रधानमन्त्री बनेर मान्छे बेच्ने परम्परा हटाई प्रजातन्त्रको स्थापना गर्न सफल हुनु आफैमा गौरवपूर्ण छ ।


प्रारम्भिक जीवन

अब्राहम लिङ्कनको जन्म अमेरिकाको ग्रामिण भेगको गरिब परिवारमा भएको थियो । सिकर्मी पेशा तथा शिकार गर्ने काम गरेर उनका बाबुले परिवारको पालन पोषण गर्ने गर्थे । उनकी आमा गृहिणी थीइन् । स्कुलहरु नभएको उनको गाउँमा सानो काठको घरमा स्कुल सुरु भएपछी अब्राहमकी आमाले उनि र उनकी बहिनीलाई पढ्न पठाईन् । आमाले नै अब्राहमलाई पढ्न र असल मानिस बन्न प्रोत्साहन गर्थिन् । अब्राहम ७ वर्षको हुँदा उनको परिवार इन्डियानाको खोला किनारमा बसाई सर्यो । त्यहाँ स्कुल थिएनन् । त्यसैले उनलाई बाल्यकालमै पढ्न छोडेर खेतमा काम गर्नुपर्ने बाध्यता आयो ।

सन् १८१८ मा देशभर अनिकाल र रोगब्याधीको महामारी फैलियो । त्यही महामारीमा उनकी  आमाको मृत्यु भयो । आमाको मृत्यु पछि उनीहरुको अवस्था झन् दयनिय भयो । लिंकनका पिता शिकार गर्न जान्थे भने त्यो नदी किनारको एकान्त ठाउँको घरमा उनि बहिनीलाई लिएर बस्थे । त्यतिबेला उनी नौ वर्षका मात्र थिए । आफै कलिलो उमेरका उनि बहिनीको स्याहार सुसार र सुरक्षामा लागिरहन्थे । केही समयपछि लिंकनकी अर्की आमाको आगमनले घर फेरी व्यवस्थित र प्रेममय बन्यो ।

लिंकन ११ वर्षको हुँदा घर नजिकै स्कुल खुल्यो । सौतेनी आमाको प्रयासले नै उनी स्कुल जान थाले । गरिबीका कारण खेतमा काम गर्नुपर्ने उनी सधै स्कुल जान पाउँदैनथे । उनी स्कुलमा सरासर एक वर्ष पनि पढ्न पाएनन् तर खोजी खोजी किताब पढ्थे । उनी किताब खोज्न र फिर्ता गर्नकै लागि कैयौं कोष टाढासम्म पुग्थे । दिनभरी खेतमा काम गर्ने उनी रातीमा ताप्न राखेको आगोको उज्यालोमा पढ्थे । काठको साबेलमा गोलले लेख्थे र लेखेर भरिंदा एक छेऊमा मेट्दै फेरी त्यहाँ लेख्न थाल्थे । अब्राहम १९ वर्षको हुँदा उनको परिवार मिसिसिप्पी नदीको बाटो हुँदै न्यु अलिंसतिर आए । त्यहाँ उनले पहिलो पटक अमेरिकामा रहेको कमारा प्रथा बारे थाहा पाए । मान्छे बेचिएको देख्दा उनलाई सार्है नरमाईलो लाग्यो ।




राजनीतिक यात्रा

बाइस वर्षको उमेरमा अब्राहमले एउटा पसलमा कारिन्दाको रुपमा काम गर्दा उनले मानिसहरु अगाडी आफ्ना तर्क तथा विचारहरु राख्न थाले । उनको व्यक्तित्व तथा शासनसत्ता सम्बन्धि उनले राख्ने तर्कले गर्दा सबैले उनलाई राज्यको विधान सभाको सदस्यमा उठ्ने सल्लाह दिन थाले ।

अब्राहमले २५ वर्षको उमेरमा राजनीतिमा लागे । सन् १८३४ मा उनी इलिनिया राज्यको विधान सभामा छानिएका थिए । उनी विधान सभामा ३ पटक छानिए । पुस्तक पढ्नमा रुचि राख्ने उनले वकालत गर्ने अनुमति समेत पाएका थिए । ३७ वर्षको उमेरमा उनी संसदको तल्लो सदन प्रतिनिधि सभाका सदस्य चुनिएका थिए । उक्त पदको सदुपयोग गर्दै त्यहाँ उनले कमारा प्रथाको व्यापक विरोध गरे । उनले सबै मानिसलाई कमारा प्रथा विरुद्ध बुझाउन थाले । सन् १८५८ मा उनले चुनाव हारे तर कमारा प्रथा विरुद्धको उनको बहसले ख्याती पायो ।


सफलता

देश अत्यन्तै अस्तव्यस्त भएको अवस्थामा सन् १८६० मा लिंकन पहिलो पटक अमेरिकाको सोह्रौं राष्ट्रपती बने । आपसी मतभेदले अमेरिका विभाजन भयो भने कमारा प्रथा बढ्दै गयो । यसले लिंकनलाई दु:खी बनायो। तर पनि हार नखाई देशलाई एक बनाउने र कमारा प्रथा हटाउने उद्देश्यका साथ् उनी लागिपरे । सन् १८६३ मा लिंकनले सबै कमारालाई मुक्तिको घोषणा निकाले । सन् १८६३ को “जनताको लागि, जनताद्वारा, जनताको सरकार पृथ्वीबाट कहिल्यै नाशिने छैन” भन्ने उल्लेख भएको उनको वक्तव्य ईतिहासमा नै प्रशिद्ध भयो ।

विभिन्न आरोप प्रत्यारोपका वाबजुद पनि सन् १८ ६४ मा उनी दोश्रो पटक राष्ट्रपति बने । सन् १८६५ मा शान्ती स्थापना गर्न लिंकन सफल भए जसले गर्दा देशभर खुशियाली र उनको जयजयकार छायो । उनी १९७० को दशक ताकापनि राजनीतिक नायकका रुपमा परिचित थिए । उनको प्रजान्त्रवाद र राष्ट्रियताको ईतिहास मात्र नभई वर्तमानमा उत्तिकै ईज्जत र प्रशंसा गरिन्छ । शान्ती स्थापना भएको पाँचौं दिनमा नाच हेरेर खुशियाली मनाइरहेको बखतमा जोन विल्क्स बुथ नामको व्यक्तिले उनलाई गोलि प्रहार गरेका थिए । गोलि लागेको केही छिनमै १५ अप्रिल, १८६५ का दिन उनको मृत्यु भयो । विश्वले एउटा प्रजातन्त्रवादी नेता गुमायो ।


जीवन संघर्ष हो, र सफलता त्यो संघर्षको प्रतिफल । धैर्यता, अठोट र लगनले नै सफलताको भर्याङ्गका खुड्किलाहरु चढाउँछ । भर्याङ्ग चढ्ने क्रममा यदि चिप्लिएर तल झर्यौं या त माथि चढ्न सकेनौ भने पनि साहस बटुलेर खुट्टा उचाल्ने प्रयास गर्नुपर्छ ।


” म बिस्तारै हिंड्छु तर पछाडी कहिल्यै हिंड्दिन ”

 – अब्राहम लिंकन


त्यतिबेला पाईलाहरु गह्रौं बन्न सक्छन् जब अरुले आफूमाथि विश्वास गर्दैनन् । अरुले विश्वास गरेनन् त के भो ? उनीहरुले भन्दा बढी तपाईंलाई तपाईं आफूले चिन्नु भएको छ, आफ्नो लक्ष्यलाई चिन्नुभएको छ । तपाईं आफूले आफूमाथि विश्वास राख्नुहोस् । आत्मविश्वास नै एक मात्र चिज हो जसले तपाईंका गह्रौं बनाईएका पाईलाहरु उचाल्ने हिम्मत दिन्छ । त्यसैले त अब्राहम लिङ्कनको नाममा कोरिएका अक्षरहरु अहिले पनि हामीले पढिरहेका छौं र भावी पुस्ताले पनि पढ्नेछ ।

Post a Comment

0 Comments