पेले (" बिश्वो फूटबलका जादुगर ")

 “बाटो जति अप्ठ्यारो हुन्छ , सफलता त्यति नै प्रिय बन्छ।"

पेले

परिचय

रान्तेस दो नासिमेन्तो ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। साथीहरुले उनलाई उक्त नाम दिएका थिए । उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ।


संघर्ष

पेलेको पारिवारिक स्थिति आर्थिक रुपमा कमजोर थियो । उनले चिया पसलमा नोकरको काम गरेर पैसा आर्जन गर्थे । पेलेलाई उनका बुवाले फुटबल खेल्न सिकाएका थिए । तर उनको परिवार उनलाई खेल्नको लागि बल र जुत्ता किनिदिने हैसियतमा थिएन । उनि भने फुटबल नखेली बस्न सक्दैनथे । त्यसैले उनले अभावग्रस्त बाल्यकालमा नाङ्गा खुट्टाले झुम्राको बल खेले र यसरी नै फुटबलको सुन्दरतम् कला सिके । उनि इन्डोर फुटबलमा सहभागी भएर आफ्नो खेललाई थप परिस्कृत गरे। उनि किशोरावस्थामा छंदा ब्राजिलका पूर्व राष्ट्रिय खेलाडीले दिने प्रशिक्षणमा सहभागी हुने मौका पाए जसले उनको जिन्दगीमा नयाँ मोड ल्याइदियो ।


सफलता

पेलेका प्रशिक्षक दे ब्रिटोले उनका बुवा आमालाई सम्झाएर अनुमतिमा पेलेलाई खेल खेल्न घरबाट लिएर हिंडे । पेलेको उमेर त्यतिबेला १५ वर्ष मात्र थियो । त्यसकै फल स्वरुप उमेर १६ वर्ष हुनुभन्दा पहिल्यै नै उनले आफ्नो तर्फबाट पहिलो व्यवसायिक गोल गरे । त्यसको लगत्तै उनलाई ब्राजिलको राष्ट्रिय टिममा लिईयो । सन् १९५८ मा पहिलो पटक पेले विश्वकप प्रतियोगिता खेले । त्यतिबेला उनको उमेर केवल १७ वर्ष मात्र थियो । उनले गरेको स्विडेन विरुद्धको गोलले नै ब्राजिलले त्यो वर्षको विश्वकप उपाधि जितेको थियो । उनि विश्वकप प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी भनेर पनि  चिनिए।



सन् १९५८, १९६२ र १९७० तीनपटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका पेले आजसम्मकै एक मात्र खेलाडी हुन् । पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए । पेलेका सफलताहरु एक पछि अर्को गर्दै चुलिंदै गए ।


आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे। उनलाई विश्वभरका मानिसहरुले पछ्याउँछन् भने खेलकै कारणले उनिलाई  विभिन्न पाठ्यक्रमहरुमा पनि पढीन्छ।


******************************************

प्रत्येक सफलताभित्र असफलताका विभिन्न कथाहरु र जीवनका आरोह अवरोहहरु लुकेका हुन्छन् । केही समयको लगानीले मात्र आफ्नो सपना पूरा हुन सक्दैन ।

सफलता कुनै घटना होइन , लगातार अभ्यासको प्रतिफल हो।” – पेले

आफूलाई कहिल्यै अरु मानिसहरुसंग दाँज्नु हुँदैन । मानिसहरुमा आ-आफ्नै क्षमता हुन्छन् , जस्तै, कसैमा कला भरिएको हुन्छ, कसैलाई खेल प्रति रुचि हुन्छ त कोही पढाईमा बढी अब्बल हुन्छ । आफ्नो क्षमता र रुचीलाई चिनेर त्यसलाई परिस्कृत गर्न लागि परियो भने आफ्नो रुचिको कार्यलाई व्यवसायिक रुप दिई स्थापित हुन सकिन्छ ।

******************************************


Post a Comment

0 Comments