moral story nepal || बिगत र भबिस्यको कथा ।। ओशो कथा सङ्ग्रह ।।


France को  Restonica valley नजिकै एकै परिवारका दुई जना दाजु भाइ बस्थे । Valley नजिकै Lac de Capitello भन्ने France को निकै प्रसिद्ध  ताल भएकाले उनिहरु तालमा जान एकदम रुचाउने गर्थे ।

एक दिन दुई जना दाजुभाई तालको किनारमा घुम्न जादा झुक्किएर भाईले दाईको खुट्टा कुल्चिन पुग्दा दाईले भाईलाई एक दह्रो झापड लगायो । लगत्तै भाई केहीपनि नबोलिकन चुपचाप बालुवामा गएर लेख्यो 'दाईले आज मलाई पिट्यो ।'
येतिकैमा उनिहरु  घर फर्किए ।

फेरि केही दिनपछि दुवै सोहि किनारामा घुम्न गए ।
दिनभर  दुब्बैजनाले मज्जाले पौडि खेले। तालमा एक्कासी  पौडि खेल्ने क्रममा भाई गहिरो भगमा डुब्न्  पुग्यो । दाइ निकै डरायो तर दाईले भाईलाई बल्लतल्ल बचाउन सफल भयो  । त्यसपछि भाईले बढो मेहनत साथ ढुगांमा लेख्यो 'दाईले आज मेरो ज्यान बचायो ।दाइले यो सबै कुरा निहालिरहेको थियोे ।येत्तिकैमा' दाईले भाईलाई सोध्यो"हिजो मैले पिट्दा खेरी 
बालुवामा लेखिस् । आज मैले बचाउँदा ढुंगामा लेखिस । ----किन ?"

एक्छिन पछि भाईले बिस्तारै जवाफ दियो, "दाई जिवनमा नराम्रा कुराहरु वालुवामा लेखिनुपर्छ ताकि 
मेटिएर जाउन् र राम्रा कुरा ढुंगामा लेखिनु पर्छ ताकि संधै 
अमर रहून् ।"

त्यसकारण साथीहरु तपाईंको बितिसकेको विगतको छायाले तपाईंको भविष्यको सुनौलो मार्गहरुलाई अध्यारो नबनाउनुस् ।

तपाईंको विगतले त्यतिबेलासम्म तपाइँलाइ असर गर्दैन जतिबेलासम्म तपाईले विगतका यादहरुलाई स्मरण गर्नुहुनेछैन ।

तपाईंको विगतले तपाईंलाई बोलायो भने तपाईं फर्केर नहेर्नुहोस् किनकि तपाईंको विगत सङ्ग तपाईंलाई दिन नयाँ कुरा केही पनि रहने छैन ।

तसर्थ मित्रहरू,

The greatest gift that we receive from the  god  is the ability to forget.So forget past's  bad things and move on..

अर्थात् तपाईले जिन्दगीमा पाउनु भएको सबैभन्दा महंगो उपहार भनेकै बिर्सनु हो , तसर्थ पुराना  विगतका नराम्रा कुराहरु भुल्नुहोस् र अघि बढनुहोस ।

-------ओशो

Post a Comment

0 Comments