अहंकार कसरी हटाउनु ।। Moral story in Nepali ।। ओशो कथा सङ्ग्रह

     


एक जना ब्याकरणका पण्डित डुङ्गामा बसेका थिए । उनले डुङ्गा चालकसँग ब्याकरणको धेरै प्रशंसा गरे । उनले डुङ्गा चालकलाई सोधे - 'के तिमीले ब्याकरण पढेका छौ?' बिचारा डुङ्गा चालक, ब्याकरण के जानोस् । उसलाई त कालो अक्षर भैसी बरावर । 


उसले भन्यो - 'पण्डित जी ब्याकरण भनेको के हो , त्यो त मलाई थाहा छैन् ।'


पण्डितले दुख व्यक्त गर्दै भने - 'हत्तेरी, यत्ति पनि थाहा छैन् तिमिलाई !  हरे राम , येस्तो  सामन्य कुरा पनि नजान्ने  । तिम्रो अहिले सम्मको जीन्दगी ब्यर्थ गयो । तिमी येत्तिकै मरेर जाने भएउ ।'

 

पण्डितको यो कुरा सुनेर उसलाई साह्रै नराम्रो लाग्यो । तर ऊ केही बोलेन् ।

----------

संयोगबस् त्यही बेला ठूलो आँधी आयो ।निकै नै डर लाग्दो हुरि बतास चल्यो । डुङ्गा तल माथि हुन थाल्यो ।

------------

येतिकैमा डुङ्गा चालकले पण्डितजीलाई सोध्र्यो -'पण्डितजी हजूरलाई पौडि खेल्न आँउछ कि आँउदैन् ? '



उनले  भने "अहं मलाई  पौडी  खेल्न त आउदैन त "


डुङ्गा चालकले भन्यो  "तेसो भए  पन्डितजि तपाईंको जिन्दगी   

त धरापमा छ डुङ्गा  भुमरीमा परि सक्यो अबको केही बेरमै डुङ्गा पानीमा डुब्दै छ । "



मित्रहरू  जन्मदै तपाईंमा घमण्ड , अहंकार , रिस, डाह आदि कुराहरु समावेश हुदैन । समावेश तपाईंले गर्नी हो जिन्दगीलाई जिउदै जादा ।यी सब घमण्ड , अहंकार , रिस, डाह लाई अनुमति तपाईंले दिने हो जिन्दगी भोग्दै जादा।


यी कुराहरुबाट पर रहेर जिन्दगिलाइ कसरी सार्थक  बनाउने त ?

तपाईं उक्लिन सक्नु हुन्छ त ओर्लिन पनि ।

फुल्न सक्नु हुन्छ त ओइलाउन पनि ।

तसर्थ  तपाईंहरु घमण्ड , अहंकार , रिस, डाह आदि कुराहरु समावेश गर्न सक्नुहुन्छ त हटाउन पनि । तपाईलाई चाहिन्छ  मात्र होस, संमयमता, अटलता, धैर्यता साथै कुसलता । र यो सबैको प्रक्रियालाई  नै ओशोले  ध्यानमा सम्लङ्न गर्नु भएको छ । 

तसर्थ  ध्यान लाइ समावेश गर्नुको मतलब नै अहंकार लाई पर्तिकार गर्नु हो ।


धन्यवाद ।।।।




                              

Post a Comment

0 Comments