शान्त कसरी रहने ? ।। moral story in nepali ।।

L

     



चार जना भिक्षुहरूले दुई हप्ता नबोलीकन मनमनै मनन गर्ने निर्णय गरे।  पहिलो दिनको रातमै, उनिहरु मैनबत्तिको अगाडी बसेर मनन गरेको केही समय पश्चात् मैनबत्ति निभ्न पुग्यो । 

पहिलो भिक्षुले भने, "ओह, हो!  मैनबत्ती निभे छ। "  

दोस्रो भिक्षुले लगत्तै भन्यो, " हामी कुरा नगर्ने  भनेको हैन ?" 

त्यसको केहिबेरमै तेस्रो भिक्षुले भन्यो, "तिमीहरु दुईजना किन बोलेको ?" 

यतिकैमा चौथो भिक्षु हाँस्दै भन्यो , " ल है ल !  म एक मात्र मानिस बाकी रहे नबोलेर बस्ने ।


हाम्रो दिमाग पनि बाँधरको  जस्तै छ  एउटा हांगा देखि अर्को हांगाहरुमा उफ्रि रहने घरि यता घरि उता गरि रहने ।  बौद्ध धर्म मा  "Monkey Mind" भन्ने शब्द अत्यन्तै  परिचित छ । हामी मध्ये धेरैले वास्तवमा धेरै कुराहरु नसोचेरै गर्ने गर्छौ । हामी पनि विल्कुलै चार भिक्षु जस्तो नै छौ , हाम्रो हरेक विचारहरु क्रियाकलापहरु यस्तै रहनछन् । यो सबै हाम्रो हरेक सोचको कर्मिक प्रतिक्रिया हो।


ध्यान गर्दै हाम्रो दिमागलाई तालिम दिंदा, यसले हाम्रो दिमागलाई  केवल शान्त मात्र नबनाएर हामीलाई कम तनावग्रस्त, चिन्ता वा उदासबाट  समेत मुक्त बनाउँछ । 


Post a Comment

0 Comments